अपरान्ह तीन प्रदेशमा चट्याङसहित वर्षा हुने, भोलि पनि वर्षाको सम्भावना

अपरान्ह तीन प्रदेशमा चट्याङसहित वर्षा हुने, भोलि पनि वर्षाको सम्भावना

काठमाडौं : बुधबार अपराह्नतिर तीन प्रदेशका पहाडी भू–भागमा चट्याङसहित वर्षा हुने भएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार बुधबार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

राति कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले अहिले बिहान गण्डकी तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रहेको छ।

यस्तै बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानहरू तथा तराई भेगका थोरै स्थानहरुमा अपराह्नतिर मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

१ चैत, २०७९, ०७:३३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।