राती यी तीन प्रदेशमा चट्याङसहित वर्षा हुने

राती यी तीन प्रदेशमा चट्याङसहित वर्षा हुने

काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण अहिले गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा  मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

राति कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।

साथै लुम्बिनी प्रदेश लगायत तराईका एक–दुई स्थानमा अपराह्णतिर मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ।

२९ फागुन, २०७९, २१:१३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।