मेघ गर्जनसहित वर्षा र हिमपातको सम्भावना

मेघ गर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं : शनिबार देशका केही क्षेत्रमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

केही क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। शनिबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

२७ फागुन, २०७९, ०७:२६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।