पहाडी भू-भागमा चट्याङ्गसहित वर्षा

पहाडी भू-भागमा चट्याङ्गसहित वर्षा

काठमाडौं : पश्चिमी वायुको सामान्य प्रभावका कारण अहिले देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

दिउँसो देशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघगर्जन र चट्याङ्गसहित क्षणिक तथा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ।

२५ फागुन, २०७९, ०८:४०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।