तोलामै दुई हजारले घट्यो सुनको मूल्य

तोलामै दुई हजारले घट्यो सुनको मूल्य

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामै दुई हजार रुपैयाँले घटेको हो।

यसअघि प्रतितोला रु एक लाख ६ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक लाख चार हजार एक सय तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार ६ सय छ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु ४५ घटेर रु एक हजार ३२० तोकिएको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।

२२ माघ, २०७९, १२:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।