स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा सरोज ढुंंगेल चयन

स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा सरोज ढुंंगेल चयन

काठमाडाैं : स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पत्रकारहरूको संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा सरोज ढुंंगेल चयन भएका छन्।

शनिबार काठमाडौंमा भएको आठौं वार्षिक साधारणसभा र पाचौं राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत नयाँ कार्यसमित निर्वाचित भएको हो।

मञ्चको वरिष्ठ उपाध्यक्षमा भिषा काफ्ले, उपाध्यक्षमा अर्जुन अधिकारी र महेश तिमल्सेना निर्वाचित भएका छन्।

महासचिवमा सञ्जिता खनाल, सचिवमा कमला गुरुङ र कोषाध्यक्षमा तुलसा घिमिरे चयन भए।

मञ्चको नयाँ कार्यसमित सदस्यहरूमा समृद्धा केसी, सपना पौडेल,  उपेन्द्र खड्का, केदार गौतम, सिर्जना खत्री,  प्रकाश बस्याल, मनिषा थापा, सिर्जना कार्की चयन भए।

त्यसैगरी, प्रदेश १ को संयाेजक जुना भट्टराई (जुनु), मधेस प्रदेशमा सुष्मा कर्ण (स्नेहा), बागमती प्रदेशमा ज्योति अधिकारी, गण्डकी प्रदेशमा बिना न्यौपाने, लुम्बिनी प्रदेशमा बासुदेव न्यौपाने, कर्णाली प्रदेशमा कृष्ण आचार्य र सुदूरपश्चिम प्रदेशमा पछि तोक्ने सहमति भएको छ।

२१ माघ, २०७९, २२:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।