आजको मौसम: उल्लेखनीय प्रणाली छैन, तराईमा हुस्सु

आजको मौसम: उल्लेखनीय प्रणाली छैन, तराईमा हुस्सु

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशमा कुनै उल्लेखनीय मौसम प्रणाली नरहेको जनाएको छ। हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

यस्तै तराईका भू-भागहरूमा हुस्सु/कुहिरो लागेको छ।

आज दिउँसो प्रदेश नं. १ र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति पनि यही मौसम रहनेछ।

२० माघ, २०७९, ०७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।