गठबन्धनमा सङ्कट देखिन थालेपछि राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

गठबन्धनमा सङ्कट देखिन थालेपछि राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। आज दिउँसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्न लागेको हो।

समसामयिक राजनीतिको समीक्षा र पार्टीको आगामी कार्यक्रमका बारेमा बैठकमा छलफल हुने बताइएको छ।

यस्तै पार्टीको आउँदो केन्द्रीय कार्यसमिति बैठकका विषयमा पनि छलफल हुने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्।

नागरिकता अवैध ठहर भएर राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेको सांसद पदसहित उपप्रधान तथा गृहमन्त्री पद समेत गुमेपछि अहिले गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्हालिरहेका छन्।

रास्वपाले गृह मन्त्रालयमा आफ्नो दावी गरेको छ तर प्रधानमन्त्री उक्त मन्त्रालय आफैँसँग राख्न चाहन्छन्। यस्तोमा सत्ता गठबन्धनमाथि सङ्कटको सङ्केत देखिएको सन्दर्भमा राप्रपाले बैठक बोलाएको हो।

१९ माघ, २०७९, १०:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।