नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै राख्न सर्वोच्चको आदेश

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै राख्न सर्वोच्चको आदेश

काठमाडौं : पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीसहित नक्कली शरणार्थी प्रकरणका ७ प्रतिवादीलाई थुनामा पठाउने जिल्ला र उच्च अदालतको आदेश सर्वोच्चले सदर गरेको छ। 

सर्वोच्च अदालतका न्यायाधीशद्धय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले बिहीबार केहीलाई थुनामुक्त गर्ने आदेश गरे पनि रायमाझी र नेपाल सरकारका तत्कालीन सचिव टेकनारायण पाण्डेसहित सात जनालाई भने थुनामै पठाउन आदेश दिएको हो। 

अदालतको आदेशअनुसार निलम्बित सांसदसमेत रहेका रायमाझीसहित पाण्डे, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, डा. इन्द्रजित राई र सानु भण्डारीले पुर्पक्षका लागि थुनामै बस्नुपर्ने भएको छ।  

यद्यपि सर्वोच्चले पूर्वसांसद आङटावा शेर्पा र बिचौलिया भनिएका गोविन्द चौधरीलाई भने धरौटीमा छाड्न आदेश दिएको छ।

शेर्पालाई ३० लाख रुपैयाँ र चौधरीलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो।

१३ बैशाख, २०८१, २०:१५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।