नौ किलो सुनसहित विमानस्थलबाट पक्राउ परे क्यानडाका नागरिक

नौ किलो सुनसहित विमानस्थलबाट पक्राउ परे क्यानडाका नागरिक

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन्। विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् (यूएई)को दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौबलाई गए राति चेकजाँचका क्रममा पक्राउ गरेको हो।

कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार फ्लाई दुबईको एफ–२५७३ मार्फत काठमाडौं आएका उनलाई गए राति १२ बजे पक्राउ गरिएको हो।

घटनाबारे अनुसन्धान भइरहेको पोखरेलले बताए।

१९ माघ, २०७९, १०:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।