टुकुचा उत्खनन कार्य राेक्न उच्च अदालतकाे अन्तरिम आदेश, गैरकानुनी भएकाे निर्णय

टुकुचा उत्खनन कार्य राेक्न उच्च अदालतकाे अन्तरिम आदेश, गैरकानुनी भएकाे निर्णय
तस्बिरः गाेरखापत्र

काठमाडाैंः उच्च अदालत पाटनले टुकुचा खोला उत्खननकाे कार्य गैरकानुनी भएकाे निर्णय गर्दै यसमा राेक लगाएकाे छ।

बुधबार न्यायाधीश महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन गर्ने काम कानुन विपरीत भएको निर्णय गरेकाे हाे।

यससँगै उच्च अदालतले काठमाडौं महानगरपालिकालाई टुकुचा उत्खनन गर्ने काम राेक्न अन्तरिम आदेश दिएको छ।

काठमाडौं महानगरपालिकाले मेयर बालेन्द्र शाहकाे अगुवाइमा टुकुचा खोला उत्खनन गर्न सुरु गरेकाे थियाे।

यसपछि खोलामाथि जग्गा र घर भएका विभिन्न २२ जग्गाधनी र संघसंस्थाले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।

१८ माघ, २०७९, २०:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।