भारतबाट बढेर आयो पेट्राेल र डिजेल दुवैकाे मूल्य

भारतबाट बढेर आयो पेट्राेल र डिजेल दुवैकाे मूल्य

काठमाडौंः भारतबाट पेट्राेल र डिजेल दुवैकाे मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएकाे छ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले निगमलाई पठाएकाे नयाँ मूल्य सूचीमा पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ १ पैसा र डिजेलमा ७ रुपैयाँ ९८ पैसा बढेर आएकाे हाे।

त्यसैगरी मट्टितेलमा ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धनमा पनि ७ रुपैयाँ ८० पैसा बढेर आएको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतले पनि इन्धनकाे मूल्य बढाएर पठाएकाे हाे।

सबैखाले इन्धनमा मूल्य बढेर आएपछि निगमकाे घाटा अबको १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ पुग्ने बताइएकाे छ।

१८ माघ, २०७९, १४:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।