यू-१९ क्रिकेट टिमको कप्तान गुल्सन झा, यी हुन् युएईमा विश्वकप छनाेट खेल्ने खेलाडीहरू

यू-१९ क्रिकेट टिमको कप्तान गुल्सन झा, यी हुन् युएईमा विश्वकप छनाेट खेल्ने खेलाडीहरू

काठमाडौं : यू–१९ राष्ट्रिय क्रिकेट टिमको कप्तानमा गुल्सन झा नियुक्त भएका छन्।

मंगलबार पोखरामा बसेको क्यान कार्यसमिति बैठकले झालाई यू–१९ विश्वकप छनोटका लागि युएईमा हुने प्रतियाेगिताकाे लागि कप्तान नियुक्त गरेको हो।

सन् २०२१ सेप्टेम्बरमा यूएईविरुद्धको खेलमा राष्ट्रिय टिमबाट एकदिवसीय खेलमा डेब्यू गरेका गुल्सनले कप्तानको जिम्मेवारी पाएसँगै दिपेश कँडेललाई उप-कप्तानको भूमिका दिइएकाे छ।

यी हुन् विश्वकप छनाेट खेल्ने खेलाडीहरू:
आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापा मगर, दीपक डुम्रे, दिपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुलशन झा, देव खनाल, सुवास भण्डारी, विशाल केसी, मिलन बोहरा

वैकल्पिक खेलाडीहरूः
प्रज्वल थापा, तुल बहादुर थापा,निर्मल थापा, राजेश यादव

१८ माघ, २०७९, १३:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।