सरकार छाड्ने रास्वपाकाे चेतावनीपछि प्रधानमन्त्रीले भने- 'सकेसम्म नटुटोस् भन्ने चाहेकाे छु'

सरकार छाड्ने रास्वपाकाे चेतावनीपछि प्रधानमन्त्रीले भने- 'सकेसम्म नटुटोस् भन्ने चाहेकाे छु'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन नटुटाेस् भन्ने चाहेकाे बताएका छन्।

मंगलबारकाे पार्टी बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग माओवादी केन्द्रका अध्यक्षसमेत रहेको प्रधानमन्त्री दाहालले सत्तारुढ गठबन्धन नटुटोस् भन्ने चाहेको बताएका हुन्।

माओवादीले भन्यो– फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे थप निर्णय हुँदैन

‘हामीहरू सल्लाहमै छौं, हाम्रो कोसिस भइरहेको छ,’ उनले भने, ‘सकेसम्म नटुटोस् भन्ने मेरो प्रयास छ। अदालतको पूर्णपाठ कुर्नुपर्ने आवश्यकता छ भन्ने सुझाव छ मलाई धेरैको।’

रास्वपाले गृहमन्त्री नपाए सरकार छाड्ने चेतावनी दिएपछि उनले यस्तो प्रतिक्रिया आएको हो।

१७ माघ, २०७९, १५:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।