पोखरा विमान दुर्घटनाः ६ वटा शवको पहिचान खुलेन, ‘डीएनए’ परीक्षण सुरु

पोखरा विमान दुर्घटनाः ६ वटा शवको पहिचान खुलेन, ‘डीएनए’ परीक्षण सुरु

काठमाडौः पोखरा विमान दुर्घटनामा मृत्यु भएकामध्ये शव पहिचान गर्न नसकिएका ६ जनाको ‘डीएनए’ परीक्षण सुरु गरिएकाे छ।

दुर्घटनामा परी अत्यधिक जलेको कारणले डीएनए परीक्षणबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरु गरिएको हाे।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीका अनुसार नेपाल प्रहरीको डीएनए परीक्षण प्रयोगशालामा शव पहिचान सुरु गरिएको छ।

परीक्षणका लागि परिवारको नमुना सङ्कलन र ६ वटा शवको हड्डी र दाँतको डीएनए निकाली प्रयोगशालामा पठाइसकेको उनले बताए। यो विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने जनाइएको छ।  

गत माघ १ गते काठमाडौंबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सको विमान दुर्घटना हुँदा ७२ जनाको मृत्यु भएको थियो।

१७ माघ, २०७९, १५:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।