११ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

११ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला एक लाख ६ हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख पाँच हजार आठ सय तोकिएको छ। 

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार तीन सय कायम छ।

आज चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ। आज चाँदी प्रतितोला एक हजार तीन सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

१३ माघ, २०७९, ११:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।