गण्डकीका नवनियुक्त तीन मन्त्रीले लिए शपथग्रहण, कसलाई कुन मन्त्रालय?

गण्डकीका नवनियुक्त तीन मन्त्रीले लिए शपथग्रहण, कसलाई कुन मन्त्रालय?

पोखरा : गण्डकी प्रदेश सरकारका तीन नवनियुक्त मन्त्रीले शपथग्रहण गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।

मंगलबार मुख्यमन्त्री खगराज अधिकारीले माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली तथा एमालेका रोशन गाहामगर र वेदबहादुर गुरुङलाई मन्त्री नियुक्त गरेका थिए।

यसअघि एमालेकी सीता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम तमु मन्त्री नियुक्त भइसकेका थिए। मंगलबार नियुक्त तीन मन्त्रीसहित सातै जना मन्त्रीहरूको जिम्मेवारी पनि तोकिएको छ।

मुख्यमन्त्रीले गाहामगरलाई आर्थिक मामिला मन्त्रालय, सुन्दासलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, गुरुङलाई कृषि तथा जलस्रोत मन्त्रीको जिम्मेवारी तोकेका छन्।

यस्तै, चुमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री, जुग्जाली उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्री र तमुले सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बनेका छन्।

मन्त्रिपरिषद्लाई पूर्णता दिनुअघि मुख्यमन्त्री अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेका थिए।

१० माघ, २०७९, १९:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।