गण्डकीमा मन्त्रिपरिषद्ले पायो पूर्णता, थपिए तीन मन्त्री

गण्डकीमा मन्त्रिपरिषद्ले पायो पूर्णता, थपिए तीन मन्त्री

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्।

भएका १२ मन्त्रालयलाई घटाएर सातमा झारेका मुख्यमन्त्रीले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।

पूर्णता दिनुअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेका थिए।

मुख्यमन्त्रीले एमालेबाट रोशन गाहामगर र वेदबहादुर गुरुङ ‘श्याम’ तथा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका हुन्।

गाहामगर नवलपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुँदा गुरुङ कास्की र जुग्गाली म्याग्दीबाट निर्वाचित हुन्।

यसअघि पुस २५ गते मुख्यमन्त्री नियुक्त भएलगत्तै अधिकारीसहित एमालेबाट सीता सुन्दास, माओवादीबाट हरिबहादुर चुमान र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पञ्चराम गुरुङले शपथग्रहण गरेका थिए।

गण्डकीमा एमालेका ४, माओवादीका २ र राप्रपाका १ मन्त्री पाएका छन्।

नवनियुक्त मन्त्रीहरूको शपथग्रहणपछि मन्त्रालय टुंगो लगाइनेछ।

१० माघ, २०७९, १८:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।