महिला प्रजनन् अंगको उपचारमा लेजर विधि

महिला प्रजनन् अंगको उपचारमा लेजर विधि

काठमाडौं : महाराजगञ्जस्थित फ्लोरा सेन्टर फर गाइने एस्थेटिक्सले विनाशल्यक्रिया लेजर थेरापी विधिबाट महिलाको प्रजनन अंगका समस्याको उपचारका लागि ‘इम्पावर आरएफ’ मेसिन भित्र्याएको छ।

महिलाको पिसाब चुहिने लगायत समस्याका लागि उपयोगी मेसिन नेपालमा पहिलोपटक भित्र्याएको निःसन्तान विशेषज्ञ एवं एस्थेटिक्सकी सञ्चालक डा. रश्मी श्रीसले दाबी गरिन्।

मेसिनले लेजर थेरापी विधिबाट खुकुलो प्रजनन अंग टाइट गर्ने, मिलाउने, पेट, थाइलगायतमा भएका धर्सा हटाउन सकिने अर्की सञ्चालक एवं निःसन्तान विशेषज्ञ डा. मिरा थापाले बताइन्।

उपचारपछि महिलाको जीवनशैलीमा सहजता हुनुका साथै यौन जीवनमा समेत सहजता हुने चिकित्सकको दाबी छ।

चिकित्सकका अनुसार विशेषगरी महिलाको सुन्दरता निखार्ने यो ‘एस्थेटिक गाइनेक्लोजी’ सम्बन्धी विधा हो।

विशेषगरी अन्तिम रजश्वलापछि महिलामा हुने हार्मोन लगायतका कारण हुने समस्या समाधानका लागि यो विधि उपयुक्त हुने चिकित्सकको दाबी छ।

१० माघ, २०७९, १७:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।