काठमाडौं: स्याङ्जाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा हाल मतगणना जारी छ। मृतक र वैदेशिक रोजगारीका क्रममा बाहिर रहेका व्यक्तिको नाममा समेत मतदान गरी धाँधली भएको भन्दै एमालेले अवरोध गर्दा त्यहाँ ढिलो गरी मतगणना सुरु भएको हो।
उकेरा न्युज
यसैबीच हालसम्मको गणनामा एमालेकी सचिव पद्मा अर्याल नै अगाडि देखिएकी छिन्। उनले दुई हजार ९२० मत ल्याएकी छिन्। यस्तै कांग्रेसका उपसभापति धनराज गुरुङले दुई हजार ९०९ मत ल्याएका छन्।
उनीहरूबीच जम्मा ११ मतको अन्तर छ। यस क्षेत्रबाट अघिल्लो निर्वाचनमा अर्याल नै विजयी भएकी थिइन्।
२०७९ मंसिर १५ गते ८:३६ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।