काठमाडौं : साताको चौथो दिन सुनचाँदीको मूल्य बढेको छ।
उकेरा अर्थ
यसदिन सुनको मूल्य तोलाको २ सय रूपैयाँले बढ्दा चाँदीको मूल्य ५ रूपैयाँ बढेको हो।
मंगलबार तोलाको ९७ हजार ४ सय रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार ९७ हजार ६ सय रूपैयाँ पुगेको छ।
तेजाबी सुनको मूल्य पनि २ सय रूपैयाँले बढेर ९७ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्य मंगलबारको तुलनामा तोलामा ५ रूपैयाँ बढेर १ हजार २९० रूपैयाँ पुगेको छ।
२०७९ मंसिर १४ गते ११:३३ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।