लुम्बिनी प्रदेश सभा: ०७४ को चुनावमा भन्दा नौ सिट कम ल्याए पनि प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल

लुम्बिनी प्रदेश सभा: ०७४ को चुनावमा भन्दा नौ सिट कम ल्याए पनि प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल

बुटवल: ५२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा प्रत्यक्षतर्फ एमाले ठूलो दल बनेको छ। एमालेले १८ सिट जितेर पहिलो दल बनेको हो।

२०७४ सालको चुनावको तुलनामा भने एमालेले नौ सिट गुमाएको छ। त्यसबेला एमालेले प्रत्यक्षतर्फ २७ सिट जितेको थियो।

२०७४ मा सात सिट मात्रै जितेको नेपाली कांग्रेस गठबन्धनको बलमा यसपटक १७ सिट जितेको छ। कांग्रेस दोस्रो हुँदा तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ। माओवादीले प्रत्यक्षमा पाँच सिट जितेको छ। यसअघि ०७४ को चुनावमा वाम गठबन्धन हुँदा माओवादीले १४ सिट जितेको थियो।

जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले दुई–दुई सिट जितेका छन्। सिके राउत नेतृत्त्वको जनमत पार्टीले पनि एक सिट सुरक्षित गरेको छ।

यस्तै लुम्बिनी प्रदेश सभामा माओवादीबाट विद्रोह गरेर बागी उम्मेदवारी दिएका तीन जना स्वतन्त्र उम्मेदवारले समेत जितेका छन्। अघिल्लो प्रदेश सभामा पाँच दलको सहभागिता रहेकोमा यसपटक कम्तीमा आठ दलको प्रतिनिधित्व हुनेछ।

यस्तै प्रदेश सभाको समानुपातिकतर्फ एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले १.५ प्रतिशत मत कटाए भने थप दुई दल गरी १० दलको प्रतिनिधित्व हुनेछ। यसपटक लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टी, जनमत र राप्रपा नयाँ दलका रूपका भित्रिएका छन्।

एमालेबाट यी हुन् प्रदेश सांसद

पहिलो दल बनेको एमालेबाट लीला गिरी– रुपन्देही २(क), भोजप्रसाद श्रेष्ठ– रुपन्देही २(ख), तुल्सीप्रसाद चौधरी– रुपन्देही–३(ख), भूमिश्वर ढकाल– रुपन्देही ५(क), चिन्तामणि पाण्डे– गुल्मी १(क), डिल्लिराज भुसाल– गुल्मी २(क), दिनेश पन्थी– गुल्मी २(ख), राजुप्रसाद श्रेष्ठ– पाल्पा १(क) र खेमबहादुर सारु– पाल्पा १(ख) बाट निर्वाचित भएका छन्।

यस्तै चेतनारायण आचार्य– अर्घाखाँची १(ख), राजजीप्रसाद घिमिरे– अर्घाखाँची १(ख), विष्णु पन्थी– कपिलवस्तु १(क), मधुशरणप्रसाद चौधरी– कपिलवस्तु १(ख), नवराज लामिछाने– कपिलवस्तु २(क), अर्जुनकुमार केसी– कपिलवस्तु ३(क), तुल्सीराम शर्मा– प्युठान १(क), दुर्गाप्रसाद चौधरी– बाँके १(ख) र रत्नबहादुर खत्री–बाँके ३(क) बाट निर्वाचित भएका छन्।

यी हुन् कांग्रेसका प्रदेश सांसद

कांग्रेसबाट अब्दुल रज्जाक गद्दी– रुपन्देही १(ख), वसिउद्दिन खाँ– रुपन्देही ४(ख), विश्वप्रेम पाठक– नवलपरासी १(क), देवकरणप्रसाद कलवार– नवलपरासी १(ख), सुधाकर पाण्डे– कपिलवस्तु २(ख), सरोज थापा (रोज राणा)– प्युठान १(ख), अनुराग खड्का– दाङ १(ख), राजु खनाल– दाङ २(क), प्रचण्डविक्रम न्यौपाने– दाङ २(ख), डिल्लीबहादुर चौधरी– दाङ ३(क) बाट निर्वाचित भएका छन्।

यस्तै बादशाह कुर्मी– बाँके ३(ख), धनबहादुर केसी– रुकुमपूर्व १(ख), भुवनेश्वर चौधरी– बर्दिया १(क), जन्मजय तिमिल्सेना– बर्दिया २(क), वीरबहादुर राना– पाल्पा २(क), धनेन्द्र कार्की– गुल्मी १(ख) र बैजनाथ कलवार जैसवाल– नवलपरासी २(ख) बाट निर्वाचित भएका छन्।

माओवादीका प्रदेश सांसद

तेस्रो दल बनेको माओवादी केन्द्रबाट जोखबहादुर महरा– रोल्पा १(क), इन्द्रजित थारु– दाङ १(क), कृष्णा केसी– बाँके १(क), तुलाराम घर्ती– पाल्पा २(ख) र धनबहादुर मास्की– दाङ ३(ख) बाट निर्वाचित भएका छन्।

यस्तै जनता समाजवादी पार्टीबाट भण्डारीलाल यादव– बाँके २(क) र आदेशकुमार अग्रवाल– बाँके २(ख) बाट निर्वाचित भएका छन्।

लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्तोष पाण्डे– रुपन्देही ३(क) र कन्हैया बनियाँ– रुपन्देही ४(क) बाट निर्वाचित भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आशिषकुमार चौधरी– रुपन्देही १(क) र जानकीप्रसाद यादव–कपिलवस्तु ३(ख) बाट निर्वाचित भएका छन्।

नयाँ दलको रूपमा उदाएको नागरिक उन्मुक्ति पार्टीबाट राजकुमार चौधरी– बर्दिया १(ख) र धर्मबहादुर चौधरी–बर्दिया २(ख) बाट निर्वाचित भएका छन्। नयाँ दलकै रूपमा प्रदेश सभामा प्रवेश गरेको जनमत पार्टीबाट चन्द्रकेश गुप्ता– रुपन्देही ५(ख) बाट निर्वाचित भएका छन्।

यस्तै माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका दीपेन्द्र पुन– रोल्पा १(ख), सरुल पुन– रुकुमपूर्व १(क) र खड्ग बस्नेत– नवलपरासी २(ख) बाट निर्वाचित भएका छन्।

१२ मंसिर, २०७९, १३:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।