वासुदेव घिमिरे, जसले 'मेयरको परीक्षा' पास गरेकाले सांसद चुनिए

वासुदेव घिमिरे, जसले 'मेयरको परीक्षा' पास गरेकाले सांसद चुनिए

बुटवल: रुपन्देहीको क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका वासुदेव घिमिरे निर्वाचित भए। नेपाली कांग्रेसका नेता भरतकुमार शाहलाई पराजित गर्दै विजयी भएका घिमिरे पुनः एक पटक नेपाली राजनीतिक वृत्तमा चर्चामा आएका छन्।

तिलोत्तमावासी घिमिरे यसअघि रुपन्देहीको क्षेत्र नं. ५ का लागि उम्मेदवारी दर्ता गर्दै गर्दा पनि चर्चामा आएका थिए।

रुपन्देही- ३ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएका घिमिरेले अप्रत्यासित रूपमा क्षेत्र नं. ५ को टिकट ल्याएका थिए। सो क्षेत्रबाट राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईको एकल नाम सिफारिस भएको थियो। तर टिकट भने घिमिरेले ल्याए।

टिकट लिएर उम्मेदवारी दर्ता गर्ने क्रममा ‘भट्टराईलाई  पार्टीले आधिकारिक उम्मेदवार बनाएको र घिमिरेको नाम भुलवस पर्न गएको’ भन्ने पत्र बाहिरियो। यतिसम्मकी सोही आधारमा भट्टराईलाई राष्ट्रिय सभाबाट राजीनामा गर्न लगाएर उम्मेदवारी दर्ता गर्न पठाइयो। तर त्यो बेलासम्म घिमिरेले उम्मेदवारी दर्ता गरिसकेका थिए। 

यता राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर उम्मेदवारी दिन आएका भट्टराईको उम्मेदवारी कायम नभएपछि भट्टराईले सहयोग गर्दैनन् कि भन्ने शंका पार्टीभित्र भए पनि अन्ततः उनै भट्टराई घिमिरेको चुनावी कमाण्डर भए। र आफ्नो टिकट खोस्ने उम्मेदवारलाई जिताए।

त्यसपछि एकै क्षेत्रमा एमालेको दोहोरो उम्मेदवारी पर्यो। घिमिरेलाई उम्मेदवारी फिर्ता गर्न पार्टीले दबाब दिए पनि उनले उम्मेदवारी फिर्ता नगर्ने अडान लिए। घिमिरेले यस्तो अडान लिएपछि निर्वाचन ऐनअनुसार भट्टराईको उम्मेदवारीले मान्यता पाएन। एमालेको आधिकारिक उम्मेदवार वासुदेव घिमिरे नै बन्न पुगे।

निर्वाचनको टिकट पाउँदादेखि नै उत्तारचढाव व्यहोरेका घिमिरेले विजयी भएर पुनः आफूलाई चर्चाको शिखरमा उभ्याए।

घिमिरे ३६ हजार ८२२ मत ल्याउँदै निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतकुमार शाहले २७ हजार १२० मत प्राप्त गरे। शाह यसअघिका तीन वटा निर्वाचनमा सोही क्षेत्रबाट सांसद निर्वाचित भएका थिए।

यता राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर उम्मेदवारी दिन आएका भट्टराईको उम्मेदवारी कायम नभएपछि भट्टराईले सहयोग गर्दैनन् कि भन्ने शंका पार्टीभित्र भए पनि अन्ततः उनै भट्टराई घिमिरेको चुनावी कमाण्डर भए। र आफ्नो टिकट खोस्ने उम्मेदवारलाई जिताए।

तर, निर्वाचन जित्नुमा भट्टराईको मात्र योगदान भने छैन। यसमा घिमिरेले  तिलोत्तमा नगरपालिकाको मेयर हुँदा गरेको विकासको काम अनि 'तिलोत्तमा ब्राण्ड' निर्णायक भएको रहेको छ।

भट्टराई आफ्नो टिकट खोसिए पनि पार्टीका उम्मेदवार घिमिरेलाई जिताउन खटिएकाले सफलता मिलेको बताउँछन्।

निर्वाचन हुनुअघिसम्म सोही क्षेत्रबाट निर्विकल्प उम्मेदवार खिमलाल भट्टराई नै थिए। तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यमा भट्टराईको कार्यकाल डेढ वर्ष रहेको र उनी राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक भएका कारण उनलाई त्यहीँ राख्ने योजना बनाएका थिए। 

तर पार्टीभित्रकै एउटा पङ्क्तिले भट्टराईलाई अगाडि सार्दा कुनै तप्का पछि पर्ने भन्दै अन्तिम समयमा उम्मेदवारी सिफारिसको पत्र निर्वाचन कार्यालयलाई पठाएका थिए। 

भट्टराईको मेहनतसँगै तिलोत्तमाको ‘ब्राण्ड’ पनि सहयोगी
पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका घिमिरेलाई प्रतिनिधि  सभा सदस्यको उम्मेदवारी नयाँ र निर्वाचन क्षेत्र पनि नयाँ थियो। यस्तो अवस्थामा भट्टराईले घिमिरेलाई साथ दिए। 

एमालेकै कार्यकर्ताहरू खिमलाल भट्टराई निर्वाचनमा सँगै नहिँडेको भए घिमिरेलाई चुनाव जित्न अप्ठयारो पर्ने बताउँछन्।

तर, निर्वाचन जित्नुमा भट्टराईको मात्र योगदान भने छैन। यसमा घिमिरेले  तिलोत्तमा नगरपालिकाको मेयर हुँदा गरेको विकासको काम अनि 'तिलोत्तमा ब्राण्ड' निर्णायक भएको रहेको छ।

०७४ सालको स्थानीय तह निर्वाचनमा तिलोत्तमा नगरपालिकाको मेयरमा निर्वाचित भएका घिमिरेले पाँच वर्षे कार्यकालमा दुई पटक तिलोत्तमालाई उत्कृष्ट नगरपालिकाको उपाधि दिलाउन सफल भए। बुटवल–बेलहिया सडकलाई झिलीमिली बनाए। आफ्नो सेवा सुविधाबापतको रकम विद्यार्थीको खाजा खर्चमा खर्चे। नगरपालिकालाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र दिलाउन सफल भए।

पोलिथिनमुक्त नगरपालिका, बालमैत्री नगरका साथै काठमाडौंबाहिर पहिलो पटक लगानी सम्मेलन समेत गरे। यस्तै ‘ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा’को महाअभियानलाई अगाडि ल्याए। उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा वाहवाही पाएका थिए।

मेयर हुँदा गरेको विकास निर्माणको कामले उनलाई 'मेयरको परीक्षा'मा पास गराएको थियो। सोही आधारमा उनलाई मतदाताले सांसद चुनेको देखिन्छ।

‘निर्वाचन जित्नुभयो खुशीको कुरा हो। जनताले उहाँलाई पत्याए पनि। त्यसमा खिमलाल भट्टराईको मेहनत अन्त्यन्तै छ। तर त्यसमा तिलोत्तमाको ब्राण्डले पनि मुख्य भूमिका खेलेको छ’, एमाले जिल्ला कमिटीका एक सदस्यले भने।

को हुन वासुदेव?
वि.सं. ०२५ साल असार २६ गते गुल्मी बडागाउँ हाल मुसिकोट नगरपालिकामा जन्मिएका घिमिरे बुवा स्व. छायादत्त र आमा भीमादेवीको चार भाइ र तीन दिदीबहिनीमध्ये साइँला छोरा हुन्।

२०४४ सालदेखि राजनीतिमा जोडिएका उनले २०४८ मा नेकपा एमालेको पार्टी सदस्यता लिए। उनी पार्टीको गाउँ कमिटी सचिव भएर दुई कार्यकाल पूरा गरे। ईलाका सचिव हुँदै उनले क्षेत्रीय अध्यक्ष र रुपन्देही जिल्ला कमिटीमा तीन कार्यकाल सदस्य भएर काम गरे। 

हाल उनी पार्टी प्रदेश कमिटी सदस्य तथा केन्द्रीय स्थानीय तह विभाग सदस्य हुन्। 

युवा संघ नेपालको गाउँ कमिटी अध्यक्ष, क्षेत्रीय अध्यक्ष हुँदै दुई कार्यकाल जिल्ला अध्यक्ष भएका घिमिरेले केन्द्रीय सदस्यको रूपमा समेत काम गरेका छन्।

१० मंसिर, २०७९, १२:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।