नेपाल बाहिर

एक निर्दोष व्यक्ति: जसको ३० वर्ष जेल सजायपछि मृत्यु भयो


अपराधको संसारबाट अक्सर धेरै अनौठो र चकित पार्ने घटनाहरू बाहिर आउँछन्। कहिले दोषी जेलबाट रिहा हुन्छन् त कहिले निर्दोषले बिना गल्ती सजाय भोगिरहेका हुन्छन्। कल्पना गर्नुहोस् कि एक व्यक्तिले आफ्नो सारा युवावस्था जेलमा बिताउँछ, त्यो पनि त्यस्तो अपराधको लागि जुन उसले कहिल्यै गरेको छैन। त्यो कति अनौठो हुनेछ?

अझ अनौठो र डरलाग्दो कुरा यो छ कि आफ्नो जीवनको 3 दशक भन्दा बढी जेलमा आफ्नो कुनै दोष बिना बिताएपछि जब उक्त व्यक्ति रिहा हुन्छ र उसको मृत्यु हुन्छ त्यो झन् कति भयानक होला? हो यस्तै घटना अमेरिकामा भएको छ।

यो ६५ वर्षीय क्लाउड फ्रान्सिस ग्यारेटको कथा हो। जसको मृत्युको कथा विश्वभर चर्चाको विषय बनेको छ। द मिररको रिपोर्ट अनुसार उक्त व्यक्तिको ६५ वर्षको उमेरमा मृत्यु भयो। उनी टेनेसीका बासिन्दा थिए। उनी केही महिनाअघि जेल सजाय काटेर बाहिर आएका थिए।

वास्तवमा, क्लाउडकी प्रेमिका लोरी ली लान्सको आगोमा जलेर मृत्यु भयो। र, त्यसपछि उनी गलत रूपमा आफ्नी प्रेमिकाको हत्याको दोषी ठहरिए। क्लाउडलाई आजीवन कारावासको सजाय सुनाइएको थियो।\

रिपोर्टका अनुसार ती पुरुषको ३० वर्षअघि आफ्नी प्रेमिकासँग हुँदा आगो लागेको थियो। घटनामा उनकी प्रेमिकाको मृत्यु भएको थियो। जसपछि उक्त व्यक्तिमाथि जानाजानी आगो लगाएको आरोप लगाइएको थियो। ती व्यक्तिले आगो लगाएको होइन बरु सुतेको बताएका थिए। तर, उनलाई दोषी ठहर गरी सजाय सुनाइएको थियो।

जब क्लाउडलाई दोषी ठहराएको तीन दशक भन्दा बढी बितिसकेको थियो तब उनको परिवारले अदालतको निर्णयलाई चुनौती दियो। परिवार साक्षीसहित अदालतमा हाजिर हुँदा उनीहरूलाई ध्यानमा राखेर र अघिल्लो प्रमाणमा भएका कमीकमजोरीका आधारमा अदालतले आफ्नो सम्पूर्ण फैसला परिवर्तन गर्यो।

अदालतले ती व्यक्तिलाई निर्दोष घोषित गर्दै रिहा गर्यो। तर, जेलबाट छुटेको केही महिनापछि केही रोगका कारण उक्त व्यक्तिको मृत्यु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

पाकिस्तानमा जातीय समूहबीच झडप हुँदा पाँच जनाको मृत्यु

घटनामा एक जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। अधिकारीहरूका अनुसार जिल्लाको बाग–ए–नारी क्षेत्रमा जमिनको विवादलाई लिएर झडप भएको थियो। झडपमा दुवै समूहले स्वचालित हतियारको....

लाइभ टिभीमा डिग्री च्यात्ने प्राध्यापकलाई तालिबानले पक्रियो

तालिबानले अहिलेसम्म आधिकारिक रूपमा इस्माइल मशाललाई गिरफ्तार गरेकोबारे टिप्पणी गरेको छैन। यद्यपि तालिवान सूचना मन्त्रालयका एक सदस्यले सामाजिक सञ्जालमा उनीसँग निष्पक्ष व्यवहार गरिने दाबी गरेका छन्। टिभीमा....

पाकिस्तानको एक राजमार्गमा बस र ट्रक जुधे, बसमा सवार १८ जनाकाे मृत्यु

प्रहरीका अनुसार बिहीबार राति त्यस प्रान्तकाे कोहत जिल्ला अन्तर्गत इन्डस राजमार्गमा बस र ट्रक एकआपासमा ठोक्किएका थिए। विपरीत दिशातर्फबाट आएको ट्रकले बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर....

मुद्रास्फीति बढेपछि अर्जेन्टिनाले जारी गर्‍यो दुई हजार पेसोको नोट

अर्जेन्टिनी दुई हजार पेसोको मूल्य ११ अमेरिकी डलर बराबर हुनेछ। यो भनेको आजको विनिमय दरअनुसार एक हजार ४५९ रुपैयाँ बराबर हो। पछिल्लो १२ महिनामा ९५....

जम्मू–कश्मीरमा ‘परफ्युम बम’ बरामद

दिलबाग सिंहका अनुसार यी दुवै बम २० जनवरीमा राखिएको थियो। जनवरी २१ मा मारवालमा २० मिनेटको अन्तरालमा दुईवटा विष्फोट भएको थियो, पहिलो विस्फोटमा नौ जना....