कोरोनाका कारण मृत्यु भएका तीन जनाको एक हजार दिनपछि अन्तिम संस्कार

कोरोनाका कारण मृत्यु भएका तीन जनाको एक हजार दिनपछि अन्तिम संस्कार

एजेन्सी : भारतको छत्तीसगढ राज्यको राजधानी रायपुरमा सन् २०२० मा कोरोना भाइरसका कारण ज्यान गुमाएका तीन जनाको शवको एक हजार दिनपछि अन्तिम संस्कार गरिएको छ।

राजधानीको बाबा साहेब भीमराव अम्बेडकर अस्पतालमा बेवारिसे अवस्थामा यी तीनै शव कंकालमा परिणत भएका थिए।

प्रशासनिक अधिकारीहरूका अनुसार गत महिना रायपुरको एउटा अखबारले राज्यको सबैभन्दा ठूलो सरकारी अस्पतालमा हजार दिनभन्दा बढी समयदेखि पीपीई किटमा दावी नगरिएका तीन जनाको शव राखेको समाचार प्रकाशित गरेको थियो।

ती शव महिला वा पुरुषका हुन् भन्ने पनि थाहा हुन सकेको छैन। यो खबरपछि अस्पताल व्यवस्थापनलाई यस विषयको ध्यानाकर्षण भएको थियो।

कोरोनाका कारण मृत्यु भएकाले यी शवको अन्तिम संस्कारका लागि म्याजिस्ट्रेटको अनुमति लिनुपर्ने थियो। यसका लागि अस्पताल व्यवस्थापनले म्याजिस्ट्रेटलाई पत्र पनि लेखेको थियो तर अनुमति पाएको थिएन।

त्यसपछि यी शवहरू पीपीई किटमा राखिएका थिए। त्यहाँ राख्दा(राख्दै शवहरू सडेका थिए। समाचार आएपछि पीपीई किट खोल्दा त्यसभित्र पर्चामा मृतकको जानकारी लेखिएको थियो।

उक्त पर्चाबाट मृत्यु हुनेमा एक महिला रहेको खुलेको छ। यसपछि परिवारका सदस्यहरुको जानकारी संकलन गरी उनीहरूलाई जानकारी गराइएको थियो।

बिहीबार परिवारको सहमतिमा तीनै जनाको शवलाई कोरोनासँग सम्बन्धित प्रोटोकल अनुसार स्थानीय शवदाह स्थलमा दाहसंस्कार गरिएको थियो।

१४ बैशाख, २०८१, १३:०१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।