फकाएर वनमा बलात्कार गरेको आरोपमा ७७ वर्षीय वृद्ध पक्राउ

फकाएर वनमा बलात्कार गरेको आरोपमा ७७ वर्षीय वृद्ध पक्राउ

डोटीः एक युवतीलाई बलत्कार गरेको आरोपमा ७७ वर्षीय वृद्ध पक्राउ परेका छन्।

२४ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा जोरायल गाउँपालिका–२ डाँडाखाली बस्ने ७७ वर्षीय श्रीधर भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

श्रीधरले ती युवतीलाई ललाई फकाई घर नजिकैको सामुदायिक वनमा लगेर जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय बुडरले जनाएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

२० असोज, २०७९, १४:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।