पहिले सात जना युवाले एक-एक लाख जम्मा गरेर च्याउ उमारे, अहिले च्याउले पैसै-पैसा उमार्‍यो

पहिले सात जना युवाले एक-एक लाख जम्मा गरेर च्याउ उमारे, अहिले च्याउले पैसै-पैसा उमार्‍यो

बुटवल: यो नमूना ‘सबल च्याउ तथा उद्यमी समूह’ को कथा हो। बुटवलको हाट बजारमा व्यवसाय गर्दै आएका सात जना व्यवसायीहरूले २०७५ सालमा सशक्त बचत तथा ऋण सहकारी संस्थाबाट १/१ लाख रुपैयाँ युवा स्वरोजगार कर्जा लिए। 

सहकारीमार्फत साना युवा उद्यमीहरूलाई ४ प्रतिशत ब्याज थियो। प्रत्येकले १/१ लाख रुपैयाँ ल्याउँदा सात लाख जम्मा भयो। त्यसपछि उनीहरूमध्येका एक कृष्णराज पोखरेलको नेतृत्त्वमा सबल च्याउ तथा कृषि उद्यमी समूह बन्यो।

उनीहरूले सात लाखले रुपन्देहीको देवदहमा १० कठ्ठा जग्गा भाडामा लिएर व्यावसायिक च्याउ उत्पादन सुरु गरे। 

पाँच हजार च्याउको बल्भबाट सुरु भएको उनीहरूको सामूहिक कृषि कर्म पछि विस्तार भयो। एक सिजनमा तीन वटा ठाउँबाट समेत च्याउ उत्पादन सुरु भयो।

अरू त अरू एक वर्षमै सबै कर्जा चुक्ता गरेर उनीहरूले तीन लाख ५० हजारका दरले नाफा समेत कमाए।

रुपन्देहीको देवदह, पाल्पाको डुम्रे, अर्घाखाँचीको सितगंगा, बुटवलको वेलवास क्षेत्रमा यो समूहले व्यावसायिक च्याउ खेती गर्दै आएको छ। यो समूहमा अहिले १४ जना युवाहरू आबद्ध छन्।

सबलको समूहमा हालसम्म अचल सम्पत्ती करिब ८० लाखभन्दा बढी छ। 

यही समूहले तीन वटा जिल्लामा व्यावसायिक च्याउ उत्पादन गर्ने र उत्पादित च्याउको बजारीकरण गर्ने उद्देश्य लिएको २०७७ सालमा थप १० जना 'पार्टनर' थप गरेर "सबल नेपाल एग्रो प्रालि" स्थापना गरेको छ।

च्याउ उत्पादन मात्रै होइन, त्यसलाई विविधीकरण गरी च्याउको अन्य परिकार समेत बनाएर बिक्री गर्ने उद्देश्यका साथ बुटवलको बेलबासमा उनीहरूले प्रशोधन केन्द्र समेत स्थापना गरेका छन्। 

सबल समूहकै आफ्नै च्याउ ल्याब समेत छ। यसले च्याउको बीउ उत्पादन गर्दै आएको छ। आफैँले उत्पादन गरेको च्याउको बीउ नै उनीहरूले लगाउँदै आएका छन् भने बीउ समेत बिक्री गर्दै आएका छन्।

छिट्टै नै च्याउको ‘सुप’ पाउडर बनाएर बिक्री गर्ने उनीहरूको उद्देश्य छ। जसमा प्रदेश सरकारले समेत २५ लाख अनुदान दिएको थियो। सबलको समूहमा हालसम्म अचल सम्पत्ती करिब ८० लाखभन्दा बढी छ। 

अहिले उक्त स्थानबाट च्याउका अचार, च्याउको छोप, च्याउको सुकुटीसहित विभिन्न परिकार उत्पादन हुँदै आएको छ।

च्याउको सुप पाउडर बनाउनको लागि दक्ष प्रविधिक अभाव भएको कारण समस्या भएको सबल नेपाल एग्रो प्रालि तथा कृषि उद्यमी समूहका अध्यक्ष कृष्णराज पोखरेलको भनाइ छ।

यसको लागि विभिन्न निकायका प्राविधिको सेवा र सल्लाहका लागि माग गरेको भए पनि उपयुक्त व्याक्ति भेटिएको छैन। निकट भविष्यमा च्याउ उत्पादन बढी भएको समयमा वा अन्य स्थानबाट समेत च्याउ संकलन गरी पाउडर (धुलो प्याकेजिङ्ग) गरेर बजारीकरण गर्ने योजना रहेको अध्यक्ष पोखरेलको भनाइ छ।

दैनिक करिब डेढ क्विन्टलभन्दा बढी च्याउ उत्पादन हुँदै आएको सात हजार बल्भको च्याउ बजारीकरण गर्न नसक्दा उनीहरूले करिब २० लाख रुपैयाँ बराबरको घाटा व्यहोरेका थिए। 

व्यवसायमा यस्तो तीतो अनुभव पनि हुने गर्छ।

हाल सबल समूहले पाल्पा जिल्लाको जरेपिपलमा नौ हजार बल्भमा च्याउ उत्पादन गरिरहेको छ। केही समयपछि झुम्सा क्षेत्रमा पनि पाँच हजार बढी बल्भ राख्ने गरी योजना बनाइएको छ। 

अहिले पाल्पाबाट दैनिक दुई क्विन्टल च्याउ बिक्री भइरहेको छ।

समूह र प्रालि दुवैमा हाल १२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। प्रशोधन केन्द्र, च्याउ फार्म, ल्याबमा प्राविधिकसहित बजारीकरणमा समेत ६ जनाले स्थायी रोजगारी पाएका छन्।

उत्पादन भएको च्याउ सबलका सञ्चालकहरू आफैँले विभिन्न हाटबजार तथा अन्य स्थानमा बजारीकरण गर्दै आएका छन्।

अघिल्लो वर्ष कोरोना कहरका कारण अर्घाखाँचीको सितंगा(सुपाखोला) नजिकैबाट भर्खरै मात्रै उत्पादन सुरु गरेका उनीहरूले लकडाउनको कारण च्याउ बजार पठाउन पाएनन्।

दैनिक करिब डेढ क्विन्टलभन्दा बढी च्याउ उत्पादन हुँदै आएको सात हजार बल्भको च्याउ बजारीकरण गर्न नसक्दा उनीहरूले करिब २० लाख रुपैयाँ बराबरको घाटा व्यहोरेका थिए। 

व्यवसायमा यस्तो तीतो अनुभव पनि हुने गर्छ।

२० असोज, २०७९, ०८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।