आज महाअष्टमी: महागौरी देवीको पूजा आराधना गरिँदै, नरिवल अर्पण गरे सुख शान्ति प्राप्त हुने

आज महाअष्टमी: महागौरी देवीको पूजा आराधना गरिँदै, नरिवल अर्पण गरे सुख शान्ति प्राप्त हुने

काठमाडौं: आज असोज शुक्ल अष्टमी अर्थात् दशैंको आठौँ दिन। आजको दिनलाई नेपाली परम्पराअनुसार महाअष्टमी भन्ने चलन छ।

आज नवदुर्गामध्येकी महागौरीको पूजा आराधना गरिन्छ। महागौरी देवीको रङ्ग पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गरेछन्। त्यो शब्द भगवतीलाई मन परेनछ। अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ।

महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरूपमा हुन्छिन् भन्ने उल्लेख छ।

महागौरीको पूजा अराधनाले सन्तान सुख मिल्ने शास्त्रमा उल्लेख छ। महागौरीलाई नरिवल अर्पण गरेमा सम्पूर्ण सुख शान्ति प्राप्ति हुने पनि बताइन्छ।

दशैंको पहिलो दिन घटस्थापनामा शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा देवी पूजा आराधना गरिएको थियो। यस्तै पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो।

१७ असोज, २०७९, ०८:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।