सानिमा बैंक अब ठिमी र कपनमा पनि, मह जोडीद्वारा उद्घाटन

सानिमा बैंक अब ठिमी र कपनमा पनि, मह जोडीद्वारा उद्घाटन

काठमाडौं : सानिमा बैंकले भक्तपुरको ठिमी र काठमाडौंको कपनमा शाखा विस्तार गरेको छ।

शुक्रबार बैंकका प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका सञ्चालक भरतकुमार पोख्रेलले संयुक्त रूपमा दुवै शाखाको उद्घाटन गरे।

कार्यक्रममा मह जोडीले शाखा विस्तार गरेमो बैंकलाई बधाई दिँदै सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन सफलताको कामना गरे।

त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै गुणस्तरीय सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२९ शाखा कार्यालय र १२० वटा एटीएम सञ्जाल रहेका छन्।

१५ असोज, २०७९, ११:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।