दशैंतिहारमा मंगलदीप अगरबत्तीले ल्यायो ‘फेष्टिभ प्याक’

दशैंतिहारमा मंगलदीप अगरबत्तीले ल्यायो ‘फेष्टिभ प्याक’

काठमाडौंः सूर्य नेपाल प्रालिले चाडबाडलाई लक्षित गरेर मंगलदीप पूजा अगरबत्तीको ‘फेष्टिभ प्याक’ सार्वजनिक गरेको छ।

चाडपर्वमा अध्याधिक खपत हुने भएकाले ‘फेष्टिभ प्याकहरू’ सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। कम्पनीले चम्पा, त्रिसारा र आकर्षक षट्कोण आकारको बक्समा ‘थ्री इन वा’ प्याक बजारमा उपलब्ध गराएको छ।

साथै साविक भन्दा धेरै काँटी तथा बट्टाहरू संग्रह सहितको अर्पण, त्रेया, जस्मिन, लाभेण्डर, चन्दन तथा लाभेण्डर प्लस चन्दन (टू इन वान) अगरबत्ती प्याकहरू पनि सार्वजनिक गरेको छ।

यी  उत्पादनहरू देशभरिका डिपार्टमेन्ट स्टोर तथा मंगलदीप पाइने सम्पूर्ण खुद्रा तथा होलसेल पसलमा पाइने कम्पनीले जनाएको छ।

१३ असोज, २०७९, १७:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।