मोबाइल बैंकिङ्गबाट भुक्तानी गर्दा सानिमा बैंकले १० प्रतिशत छुट दिने

मोबाइल बैंकिङ्गबाट भुक्तानी गर्दा सानिमा बैंकले १० प्रतिशत छुट दिने

काठमाडौंः चाडबाडको उपलक्ष्यमा सानिमा बैंकले मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट दिने भएको छ।

आश्विन १६ गतेदेखि २२ गतेसम्म र कार्तिक ७ गतेदेखि १२ गतेसम्म प्रयोगकर्ताले फोनपे मर्चेन्टहरूमा भुक्तानी गर्दा मात्र छुट सुविधा पाउनेछन्। प्रयोगकर्ताले अधिकतम १ सय रूपैयाँसम्म छुट पाउनेछन्।

योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. सञ्चालनमा छन्।

१३ असोज, २०७९, १७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।