उकेरा खेल

ह्याट्रिकपछि भावुक हुँदै अञ्जन भन्छन्– ‘...त्यो विषय सम्झिन पनि चाहँदिन’


काठमाडौंः बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेपछि स्ट्राइकर अञ्जन विष्टले देशका लागि जस्तोसुकै अवस्थामा पनि खेल्ने बताएका छन्।

खेलपछिको पत्रकार सम्मेलनमा भावुक हुँदै उनले भने, ‘धेरैपछि राष्ट्रको झण्डा छातीमा लगाएर खेल्न पाउँदा खुसी छु। आफ्नो स्वार्थका लागि मैले कहिल्यै खेलिन, देशका लागि जस्तोसुकै परिस्थितिमा पनि खेल्छु।’

गला अवरुद्ध पार्दै विष्टले आफूले सरकारले दिने सेवासुविधामा गुनासाे नगरेकाे भन्दै खेल्ने वातवरण बनाइदिन मात्र आग्रह गरेकाे बताए। उनले आफ्नो लागि स्कोर गर्नका लागि भन्दा पनि टिमको जितको लागि जहिले पनि खेल्ने बताए।

‘यति गोल गर्छु भन्दा पनि देशको जितका लागि सधैँ खेल्नेछु,’ उनले भने, ‘सबैभन्दा मुख्य कुरा भनेको जित हो, हामी जितका लागि खेल्छौं।’

विष्टले यसअघिका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले हटाएको प्रसङ्ग सम्झन नचाहने भन्दै जीवनमा आउने उतारचढावको एउटा पाटोको रूपमा यसलाई लिएको बताए। यस्ता घटनाले मानिसलाई बलियाे बनाउने उनकाे भनाइ छ।

उनले थपे, ‘विगतमा के भयो म त्याे कुरा सम्झिन चाहँदिन तर त्यस्तो अवस्थाले मानिसलाई थप बलियो पनि बनाउने रहेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

पोल्याण्डलाई हराउँदै अर्जेन्टिना नकआउटमा, अब अष्ट्रेलियासँग भिड्ने

अर्जेन्टिनाको जितमा खेलको ४६औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टर र ६७औँ मिनेटमा जुलियन अल्भारेजले एक-एक गोल गरे। त्यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पेनाल्टीको अवसर पाए पनि पोल्याण्डका....

पोल्यान्डलाई हराउनै पर्ने दबाबमा अर्जेन्टिना

विश्वकप सुरु हुनुअघि बाटै अर्जेन्टिनालाई विश्वकपको दाबेदार टिमको रूपमा हेरिए पनि पहिलो खेलमै अप्रत्याशित रूपमा साउदी अरेबियासँग हारेपछि टिमको लय बिग्रियो। दोस्रो खेलमा मेक्सिकोलाई २-०....

कतार विश्वकपमा आज चार खेल हुँदै, अर्जेन्टिना अंकतालिकाको दोस्रो स्थानमा

यो समूहमा फ्रान्स दुई खेलमा जित निकालेर ६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया एकमा जित र एकमा हारसहित दोस्रो स्थानमा छ। डेनमार्क एक खेलमा....

९२ वर्षको विश्वकप फुटबलमा बिहीबार इतिहास देख्दै यी तीन रेफ्री

मंगलबार फिफाले एक ट्वीट गर्दै ९२ वर्षको इतिहासमा पहिलोपटक विश्वकप फुटबलको खेल सबै महिला रेफ्रीले सञ्चालन गर्ने जानकारी दिएको हो। बिहीबार खेलिने समूह ‘ई’ अन्तर्गतको....

विश्वकप फुटबल : समूह ‘बी’ बाट इंग्ल्याण्ड र अमेरिका अन्तिम १६ मा प्रवेश

अल थुमामा रंगशालामा ३८औं मिनेटमा पुलिसिचले गरेको एक मात्र गोल निर्णायक बन्यो। पहिला खेलमा वेल्ससँग १–१ र दोस्रो खेलमा इङ्ल्यान्डसँग गोलरहित बराबरी खेलेको अमेरिका पाँच....