बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल तीन सय शय्यामा स्तरोन्नत्ति

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल तीन सय शय्यामा स्तरोन्नत्ति

बुटवलः  बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालको स्तरोन्नत्ति हुने भएको छ।

बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सञ्चालनमा रहेको अस्पतालमा २ सय बेड थप गर्दै स्तरोन्नत्ति गर्ने समझदारी भएको हो।

एशोशिएशन अफ मेडिकल डक्टर्स अफ एशिया (आम्दा) ईन्टरनेशनलका अध्यक्ष सिगेरू सुगानामीको उपस्थितिमा बसेको अस्पताल सञ्चालक समितिको बैठकले अस्पतालको स्तरोन्नति गर्न निर्णय गरेको हो।

आम्दा नेपाल, बुटवल उपमहानगरपालिका र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको त्रिपक्षीय सहमतिमा २०५३ सालमा बुटवल उपमहानगरपालिका वडा नं. ७ (साविक वडा नं. ९) मा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को स्थापना गरिएको थियो।

पचास शय्याबाट सुरु भएको अस्पताल हाल सय शय्यामा सञ्चालित छ।

११ असोज, २०७९, १७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।