सिक्लेसको आईपीओ बाँडफाँट, एक लाख पाँच हजार ८०० जनाले पाए शेयर

सिक्लेसको आईपीओ बाँडफाँट, एक लाख पाँच हजार ८०० जनाले पाए शेयर

काठमाडौं: सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। आज बिहान कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।

यसक्रममा एक लाख ५ हजार ८०० जनाले शेयर हात पारेका छन्। १४ लाख ६ हजार ७३७ जनाको पनि हात खाली भयो।

कम्पनीले ११ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो। जसमध्ये १० लाख ५८ हजार कित्ता शेयरका लागि सर्वसाधारणलाई आह्वान दिन भनिएको थियो।

कम्पनीलाई केयर रेटिङ्ग नेपालले 'केयर एनपी डबल बी प्लस आईएस' रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

११ असोज, २०७९, ११:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।