डा. केसी र सरकारबीच सहमति हुने, साढे ७ बजे अनसन तोड्दै

डा. केसी र सरकारबीच सहमति हुने, साढे ७ बजे अनसन तोड्दै

काठमाडौंः अनसनरत डा. गोविन्द केसी र सरकारबीच आज सहमति हुने भएको छ।

साँझ साढे सात बजे त्रिवि शिक्षण अस्पतालमा केसी र सरकारबीच सहमति हुन लागेको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।

डा. केसी भदौ २८ गते धनगढीबाट आफ्नो बिसौं अनसन सुरु गरेका थिए। अनसन सुरु गरेको दुई दिनमै उनको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो।

बिहीबार उनको स्वास्थ्यमा थप समस्या देखिए पछि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। उनी धनगढीमा हुँदै केसीको पक्ष र सरकारबीच वार्ता भने सुरु भइसकेको थियो।

करिब एक साता लामो वार्तापछि केसीले आज अनसन तोड्न लागेका हुन्।

८ असोज, २०७९, १८:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।