डेंगु नियन्त्रणको सबैभन्दा उत्तम उपाय जनचेतना : स्वास्थ्यमन्त्री खापुङ

डेंगु नियन्त्रणको सबैभन्दा उत्तम उपाय जनचेतना : स्वास्थ्यमन्त्री खापुङ

काठमाडौंः स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले संक्रमणको रूपमा फैलिरहेको डेंगु नियन्त्रणको सबैभन्दा उत्तम उपाय जनचेतना भएको बताएका छन्।

रिपोटर्स क्लबमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री खापुङले डेंगु नियन्त्रणमा सरकारले आवश्यक तयारी पूरा गरेर अघि बढेको जानकारी दिए।

‘डेंगु रोगढ नियन्त्रणको सबैभन्दा उत्तम उपाय जनचेतना हो,’ उनले भने, ‘सबैले आ(आफ्नो  घर आँगनमा पानी जम्न नदिने, सरसफाइ गर्ने गरेमा डेंगु नियन्त्रण गर्न कठिन हुँदैन।’

रोग नियन्त्रणका लागि सरकारले वडा तहसम्म ‘खोज र नष्ट गर' अभियान  कार्यान्वयनमा ल्याइसकेको समेत उनले स्मरण गराए।

६ असोज, २०७९, १९:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।