काठमाडौं : त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त वास्कोटाले सरकारसँग तीन पदाधिकारीलाई ६ जना निजी सुरक्षा अधिकृत (पीएसओ) को व्यवस्था गरिदिन माग गरेका छन्।
सोमबार गृह मन्त्रालयलाई पत्र लेख्दै उपकुलपति वास्कोटाले पदीय जिम्मेवारीले दैनिक कार्यालय र सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा भौतिक आक्रमण हुने सम्भावना बढेकाले उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारलाई दुई–दुई जनालाई निजी सुरक्षा अधिकृत (पीएसओ)को व्यवस्था गरिदिन आग्रह गरेका हुन्।