कक्षा-१२ को परीक्षा आजदेखि, देशभर ३ लाख ९० हजार परीक्षार्थी

कक्षा-१२ को परीक्षा आजदेखि, देशभर ३ लाख ९० हजार परीक्षार्थी

काठमाडौं : कक्षा-१२ को परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदैछ।

राष्ट्रिय परीक्षा बोर्डले देशभर सञ्चालन गर्ने परीक्षा विहान ८ बजेदेखि ११ सम्म सञ्चालन हुनेछ। देशभरका ५ हजार ५४२ वटा विद्यालयका विद्यार्थीहरू यो परीक्षामा सामेल हुँदैछन्।

यसवर्ष देशभरबाट नियमिततर्फ १ लाख ९६ हजार ९१४ छात्रा र १ लाख ९३ हजार ९३३ छात्र गरी ३ लाख ९० हजार ८४७ जना परीक्षार्थीहरू परीक्षामा सामेल हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।

ग्रेड वृद्धितर्फ १ लाख ६५० परीक्षार्थी सहभागी हुँदैछन्।

परीक्षाका लागि बोर्डले देशभर १ हजार ५२५ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ। सबैभन्दा बढी काठमाडौंमा १४४ र मनाङ/मुस्ताङमा एक/एक वटा परीक्षा केन्द्र तोकिएका छन्।

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन गरिएको बोर्डका अध्यक्ष शर्माले बताए।

परीक्षा वैशाख २६ गते सकिनेछ।

१४ बैशाख, २०८१, ०८:००:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।