प्रदिप गिरिको बिदाइमा टोलाएका देउवाका आँखा

प्रदिप गिरिको बिदाइमा टोलाएका देउवाका आँखा
तस्बिर : कृष्पा श्रेष्ठ

काठमाडौँ : शनिवार बेलुका निधन भएका बौद्धिक चिन्तक प्रदिप गिरिको श्रद्धाञ्जली सभामा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाको आँखा लोलाइरहेका देखिए।

पार्टीमा सङ्कटमा पर्दा गिरिबाट उनले सधैँ साथ पाउँदै आएका थिए। पार्टी फुटाएर कांग्रेस प्रजातान्त्रिक बनाउँदा पनि साथ पाएका देउवा श्रद्धाञ्जली सभामा माधव नेपालसँगै थिए। गिरिको भौतिक शरिरको विदाईमा सहभागी नेताहरुको मुहार पनि मलिन देखिएका थिए।

*यस अगाडि हेडलाइनमा लोलाएका आँखा भएकोमा सच्याएर टोलाएको राखेका छौँ। चासो राखेर जानकारी गराउनुहुने सबैलाई धन्यवाद।

५ भदौ, २०७९, १३:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।