तोलामा सात सय रुपैयाँले उकालो लाग्यो सुनको मूल्य

तोलामा सात सय रुपैयाँले उकालो लाग्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज एकैदिन तोलामा सात सय रुपैयाँले मूल्य उकालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३०० कायम भएको छ। यसअघि हिजो छापावाल सुन ९६ हजार ६०० मा कारोबार भएको थियो।

यस्तै आज तेजाबी सुनको मूल्य ९६ हजार ८०० कायम भएको छ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी हिजोकै मूल्य एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ।

२७ साउन, २०७९, ११:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।