प्रादेशिक अस्पतालकोे ठेक्कामा ‘सेटिङ’ भएको भन्दै सच्याउन निर्देशन

प्रादेशिक अस्पतालकोे ठेक्कामा ‘सेटिङ’ भएको भन्दै सच्याउन निर्देशन

बुटवल : लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि आह्वान गरिएको ठेक्कामा मिलेमतो भएको समाचार बाहिरिएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का सच्चाउन निर्देशन दिएको छ।

कार्यालयले प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई पत्र काट्दै नियम विपरीत ठेक्कामा प्रावधान राखेकोबारे स्पष्टीकरण माग गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।

‘यसअघि आह्वान गरिएको ठेक्कामा पनि प्रश्न आएपछि रद्द भएको थियो। अहिलेको ठेक्कामा पनि केही प्रश्नह? आएकाले ठेक्का सच्चाउन निर्देशन दिइएको छ,’ कार्यालयका एक कर्मचारीले भने।

ठेक्कामा भएको त्रुटिलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कैफियत जनाएर सच्याउनका लागि निर्देशन दिइएको ती कर्मचारीको भनाइ छ।

प्रदेश विकास पूर्वाधार प्राधिकरणले असार ९ गते भवन निर्माणका ६ अर्ब ७० करोड (कर सहित) लागतमा भवन बनाउन आह्वान गरिएको ठेक्कामा मिलेमतो भएको आशंकाका बीच प्रदेश योजना आयोग लुम्बिनीले स्रोत सुनिश्चितताका लागि प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयमा सिफारिस गरेको थियो।

टेन्डरका सर्तहरूका आधारमा निश्चित निर्माण व्यवसायीले भवनको ठेक्का पाउने गरी अस्पतालको टेन्डर आह्वान भएको भन्दै विरोध भइरहेका बेला प्रदेश योजना आयोगले सेटिङलाई बल पुग्ने गरी १९ साउनमा यो भवन निर्माणका लागि स्रोत सुनिश्चितताका लागि अर्थ तथा सहकारी मन्त्रालयलाई सिफारिस गरेको हो।

प्रदेश पूर्वाधार विकास प्राधिकरणले साउन २ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेश योजना आयोगलाई पत्र लेख्दै बजेट सुनिश्चितताका लागि सिफारिस गरिदिन भनेको थियो।

त्यसपछि साउन ९ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश योजना आयोगलाई पत्र लेख्दै आयोजनाको विस्तृत परियोजना प्रतिबेदन अनुसार पहिलो चरणको कार्यका लागि अनुमान भई स्वीकृत भएको ६ अर्ब ५९ करोड ६३ लाख १४ हजार १९९ रकमको स्रोत सुनिश्चितता गरिदिने व्यवस्थाका लागि आदेश अनुसारको अनुरोध गरेको थियो।

योजना आयोगलाई पत्र पठाएपछि योजना आयोगको साउन १० गतेको नियमित बैठकले प्रादेशिक अस्पताल निर्माण बहुवर्षीय आयोजनाका ?पमा सिफारिसका लागि आएको पत्र बैठकमा पेस भएको र बांकी निर्णय अर्थ तथा सहकारी मन्त्रालय र प्रदेश पूर्वाधार विकास प्राधिकरणको छलफलपछि गर्ने निर्णय गरेको थियो।

तर, १९ गते बसेको योजना आयोगको बैठकले अनौपचारिक छलफल भएको भन्दै प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि आवश्यक स्रोत सुनिश्चितताका लागि सिफारिस गरेको हो। 

२४ साउन, २०७९, १६:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।