आइएमइ बाल किरण जीवन बीमा लोकप्रिय हुँदै

आइएमइ बाल किरण जीवन बीमा लोकप्रिय हुँदै

काठमाडौँ आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको आईएमई बाल किरण जीवन बिमा योजना बिमितमाझ लोकप्रिय हुँदै गएको बताएको छ। उसले जारी गरेको विज्ञप्तिमा यो पछिल्लो समयमा उल्लेख्य सङ्ख्यामा बिक्री हुने बीमालेख भएको दाबी गरेको छ।

बच्चाको जन्म लगत्तै लिन सकिने यो बिमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिकालागि अधिकतम जोखिम रक्षावरण सहित चौथो वर्षदेखि नै प्रत्येक वर्ष बिमा रकम फिर्ता हुँदै आउने कम्पनीले जानकारी दिएको छ। 

प्रत्येक वर्ष फिर्ता हुने रकमले अभिभावकहरूलाई बच्चाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोगी भूमिका खेल्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बताएका छन्।

बिमा योजनामा आफ्नो आवश्यकता अनुसारको बिमा अवधि छनौट गर्न सकिने, दुर्घटना तथा बिरामीको थप जोखिम वहन हुने तथा एउटै बीमामा दोहोरो जीवनको बिमा हुने उनले बताए।

१२ असार, २०७९, २१:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।