उपचार पाए निको हुन्छन्, तर आर्थिक अभावले अपाङ्ग हुन बाध्य छन् कर्णालीका बालबालिका

उपचार पाए निको हुन्छन्, तर आर्थिक अभावले अपाङ्ग हुन बाध्य छन् कर्णालीका बालबालिका

सुर्खेतः पञ्चपुरी नगरपालिका–८, दुलालथाइका १३ वर्षीय सन्तोष विक तीन महिनाको हुँदा उनलाई आगोले पोलेको थियो। विस्तारै घुँडामुनिको भाग सुक्दै गयो। हुर्कँदै गर्दा उनी अपांग भए।

उपचारका लागि उनका परिवार अस्पताल नधाएका पनि होइनन्। तर, आर्थिक अभावकै कारण उपचार गर्न सकेनन्। अहिले सन्तोष  दाहिने खुट्टाले टेक्न सक्दैनन्।

स्थानीय जनजागृति आधारभूत विद्यालयमा कक्षा ७ मा पढ्छन्। विद्यालयमा होस् या घरमा खाना खाँदादेखि शौचालय जाँदासम्म उनलाई लौरोको सहारा लिनुपर्छ। अरू त अरू उनीसँग वैशाखी समेत छैन।

लौरोकै भरमा विद्यालय गएर विभिन्न क्रियाकलापमा भाग लिने गर्छन् सन्तोष। सन्तोषलाई लौरोको सहाराबिनै हिँडडुल गर्न मन छ। तर पैसा नभएकाले उपचार हुन नसकेको पनि उनले बुझेका छन्।

निको हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि अस्पताल लैजान नसक्दा पवित्राका बुवा बलबहादुर विक दुःख पोख्छन्। ‘पैसा नभएर नै छोरीको उपचार गर्न सकेको छैन। आफूले ज्याला मजदूरी गरेर बिहान बेलुकाको छाक टारेको छु,’ बलबहादुरले भने, ‘डाक्टरले पनि काठमाडौंसम्म लगे उपचार सम्भव हुने सुझाव दिएका छन्। तर, उपचारका लागि पैसा कहाँबाट ल्याउने?’

‘घरबाट लट्ठी टेकेर स्कुल आउँछु। यहाँ बेञ्चमा बस्न, ट्वाइलेट जान र हिँडन समस्या हुन्छ,’ सन्तोषले भने, ‘मेरो खुट्टाको उपचार गरेर अरू साथीहरूजस्तै सपाङ्ग हुन चाहान्छु। मेरो खुट्टाको उपचार गर्न परिवारसँग पैसा छैन।’

'खुट्टा नभएको अपाङ्ग' भनेर सबैले गर्ने तिरस्कारबाट आफू मुक्त हुन चाहेको उनको भनाइ छ।

यस्तै चौकुने गाउँपालिका–२ लगामकी ११ वर्षीय पवित्रा विकको पनि सानै उमेरमा आगोले हात पोल्यो। समयमा उपचार नहुँदा उनी अपाङ्ग हुन पुगिन्। उनको बायाँ हातका पाँचवटा औंलाहरू पोलिएर हत्केलामा टाँसिएका छन्।

अझै पनि उपचार गरे उनका औंलाहरू सप्रन सक्ने चिकित्सकहरूले बताएका छन्। तर, उपचार गर्नका लागि बाहिर लग्न सक्ने उनको आर्थिक हैसियत छैन।

निको हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि अस्पताल लैजान नसक्दा पवित्राका बुवा बलबहादुर विक दुःख पोख्छन्। ‘पैसा नभएर नै छोरीको उपचार गर्न सकेको छैन। आफूले ज्याला मजदूरी गरेर बिहान बेलुकाको छाक टारेको छु,’ बलबहादुरले भने, ‘डाक्टरले पनि काठमाडौंसम्म लगे उपचार सम्भव हुने सुझाव दिएका छन्। तर, उपचारका लागि पैसा कहाँबाट ल्याउने?’

यी दुई त केही उदाहरण हुन्। कर्णाली प्रदेशमा शारीरिक अपाङ्गता भएका कैयौं बालबालिका आर्थिक अभावकै कारण उपचार गर्न सकेका छैनन्।

समयमा नै उपचार हुनसके निको हुने अवस्था रहँदा–रहँदै पनि अधिकांशले उपचार पाएका छैनन्।

उपचार अभावका कारण उनीहरू आफ्नै समुदायमा तिरस्कृत छन्। केही बालबालिकाले समयमै उपचार पाएर अहिले निको भइसकेका छन्। शारीरिक रूपमा सपाङ्ग भएका छन्।

विषेशगरी हातखुट्टा, ढाड र औंलाहरूको समस्या भएका बालबालिका कर्णालीमा धेरै छन्। वरिष्ठ एनेस्थेसियोलोजिस्ट तथा स्पाइन सर्जनहरूले समस्या अनुसार शल्यक्रिया समेत गर्छन्।

कर्णालीमा करिब ८ हजार ३०७ बालबालिकामा शारीरिक अपाङ्गता रहेको बताइन्छ। जसमध्ये हालसम्म एक हजार ७२७ जनाले शारीरिक अपाङ्गता विरुद्ध उपचार गरिरहेका छन्। अझै पनि सात हजार ८४२ जना शारीरिक अपाङ्गता भएका बालबालिका उपचारको पहुँच बाहिर रहेको विलाङ्ग मित्र समूह/अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र (एचआरडीसी) का कर्णाली प्रदेश पर्यवेक्षक हेमराज केसीले जानकारी दिए।

सुर्खेतमा मात्रै एक हजार ८५६ जना बालबालिकामा शारीरिक अपाङ्गता देखिएको छ। त्यसैगरी दैलेखका एक हजार ३८५ जना बालबालिकामा, सल्यानमा एक हजार २८२ जना बालबालिकामा, कालिकोटमा ७२४, जुम्लामा ५७६, मुगुमा २९२, रुकुम पश्चिममा ८२२, जाजरकोटमा ९०६, डोल्पामा १९४ र हुम्लामा २६९ जना बालबालिकामा शारीरिक अपाङ्गता रहेको छ।

‘अपाङ्गता लगायत विभिन्न समस्या भएका बालबालिकाहरूको लागि प्रदेश सरकारले विपन्न नागरिक उपचार कोष स्थापना गर्दैछ,’ मन्त्री बुढाक्षेत्रीले भने, ‘सामाजिक विकास मन्त्रालयले कोषको स्थापना गरेर आवश्यक कार्यान्वयन गर्नेछ।’

पर्यवेक्षक केसीले शारीरिक अपाङ्गता भएका बालबालिकाको उपचार समयमै गर्नसके उपचार सम्भव रहेको बताए। धेरै संख्यामा बालबालिकामा शारीरिक अपाङ्गता रहे पनि उनीहरूको उपचार तथा पुनर्स्थापनाका विषयमा कर्णाली प्रदेश सरकार र स्थानीय तहले चासो नदेखाएको उनको आरोप छ।

चालु आर्थिक वर्ष २०७८/०७९ मा एचआरडीसीले कर्णाली प्रदेशभर विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। कर्णालीका विभिन्न स्थानमा १५ दिन सञ्चालन गरिएको शिविरमा एक हजार ९०० बालबालिकाको पहिचान भए पनि २०० जनाभन्दा बढी बालबालिकालाई तत्काल शल्यक्रिया गनुपर्ने अवस्था रहेको उनको भनाइ छ।

यता अपाङ्गता भएका बालबालिकाहरूको उपचारमा केही सहुलियत गर्ने उद्देश्यले कोषको व्यवस्थापन गर्न लागिएको सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बताए।

‘अपाङ्गता लगायत विभिन्न समस्या भएका बालबालिकाहरूको लागि प्रदेश सरकारले विपन्न नागरिक उपचार कोष स्थापना गर्दैछ,’ मन्त्री बुढाक्षेत्रीले भने, ‘सामाजिक विकास मन्त्रालयले कोषको स्थापना गरेर आवश्यक कार्यान्वयन गर्नेछ।’

नागरिकको स्वास्थ्य उपचारका लागि प्रदेश सरकार विभिन्न संघ संस्थाहरूसँग समन्वय गरेर समेत अगाडि बढ्ने मन्त्री बुढाक्षेत्रीको भनाइ छ।

१२ असार, २०७९, ०७:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।