स्थानीयसँगको विवादपछि रिद्धिसिद्धी सिमेन्ट उद्ध्योगमा अवरोध

स्थानीयसँगको विवादपछि रिद्धिसिद्धी सिमेन्ट उद्ध्योगमा अवरोध

मकवानपुर : सामान्य विवादमा पनि प्रहरी बोलाएर स्थानीयलाई पक्राउ गराएको भन्दै स्थानीयले हेटौँडा–१५ मा रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगमा अवरोध गरेका छन्।

इन्धनको मूल्य बढेकाले ढुवानीको शुल्क पनि बढाउनुपर्ने विषयमा छलफलहुँदा कम्पनीका केही व्यक्तिले प्रहरी बोलाएर पक्राउ गर्न लगाएको भन्दै स्थानीयले बिहीबार बिहानैबाटै सिमेन्ट कारखानामा अवरोध गरिरहेका छन्।

उनीहरूले उद्ध्योगको गेट बन्द गराएका छन्। इन्धनको मूल्य वृद्धि भएकोले उद्योगबाट हुने सामान ढुवानीको भाडा वृद्धि हुनुपर्ने माग लिएर स्थानीय ढुवानी व्यवसायी विक्रम दोङसहित अन्य ढुवानी व्यवसायी छलफलका लागि उद्योगमा पुग्दा सामान्य विवाद भएको र त्यसैको बहाना बनाएर प्रहरी प्रशासन बोलाएको उनीहरूको दाबी छ।

छलफलका क्रममा विवादसँगै धकेलाधकेल भएपछि उद्ध्योगले प्रहरीले बोलाएको थियो। प्रहरीले दोङीलाई नियन्त्रणमा राखेको छ। उनीहरूले अवरोध गर्दै दोङ रिहाइको माग गरिरहेका छन्।

९ असार, २०७९, १७:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।