लक्ष्मी सन्‌राइज बैंकको काठमाडौंभित्र दुई वटा शाखा स्थानान्तरण

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौंभित्र दुई वटा शाखा स्थानान्तरण

काठमाडौं :  लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यकाभित्रका आफ्नो दुई वटा शाखाहरू स्थानान्तरण गरेको छ।

काठमाडौं महानगरपालिका-१७, खुसिबुमा अवस्थित दुई शाखामध्ये एक शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका-१६ स्थित बनस्थलीमा स्थानान्तरण गरिएको हो।

त्यसैगरी, काठमाडौं महानगरपालिका-२६ स्थित गोंगबु शाखा सोही नगरपालिकाको नयाँ बसपार्क नजिकै ल्होत्से मलमा स्थानान्तरण भएको छ।

स्थानान्तरण गरिएका साविकका खुसिबु र गोंगबु शाखाका ग्राहकहरूले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सकिने बैंकले जनाएको छ।

स्थानान्तरण भएसँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ।

हाल लक्ष्मी सन्‌राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३१ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन्।

२६ बैशाख, २०८१, १२:०८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।