सेयर सूचक राताम्मे, १८४८ मा ओर्लियो

सेयर सूचक राताम्मे, १८४८ मा ओर्लियो

काठमाडौँ : बिहीबार सेयर बजार ४५.२५ अङ्कले घटेर बन्द भयो। बिहीबार बजार १८४८ बिन्दुमा आएर रोकियो।

बिहीबार १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये विकास बैङ्क, वित्त र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बिमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

बिहीबार सबै उपसमूहहरू रातै भए। जलविद्युत, विकास बैङ्कका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए। बिहीबार २ सय ३७ वटा कम्पनीको ३३ हजार ४६० वटा कारोबारबाट ५० लाख ८ हजार ७७१ कित्ता सेयर किनबेच भएको छ। १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६३५ रुपैयाँ बराबरको कारोबार भएको छ।

बजार घट्दा पनि आँधी खोला लघुवित्त र सिवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

बिहीबार धेरै गुमाउने कम्पनीमा शिवश्री हाइड्रो रह्यो यो कम्पनीको मूल्य २२७ रुपैयाँमा झरेको छ। लिवर्टी इनर्जीको मूल्य २०७ रुपैयाँमा झरेको छ। सामलिङ पावर, एनआईबीएल प्रगति फण्ड, जोशी हाइड्रोसहितका कम्पनीको मूल्य घटेको छ।

कारोबार रकमका आधारमा कुमारी बैङ्क शीर्ष स्थानमा रह्यो। कुमारीको साढे ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। लक्ष्मी बैङ्कको ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने नबिल बैङ्कको साढे ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

९ असार, २०७९, १६:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।