उकेरा प्रदेश

प्रदेश १ कि एमाले सांसद खातुन पदमुक्त


काठमाडौंः प्रदेश १ कि प्रदेश सभा सदस्य गुलेफुन खातुन पदमुक्त भएकी छिन्। सरकारी छाप र दस्तखत किर्ते मुद्दामा उनी दोषी ठहर भएपछि उनको सांसद पद गुमेको हो।

जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरले उनलाई यसअघि नै दोषी ठहर गरेको थियो। उनले मुद्दा दोहोर्‍याउन सर्वोच्च अदालतमा दिएको निवेदन खारेज गरी सर्वोच्चले जिल्ला र उच्च अदालतकै निर्णय सदर गरिदिएको छ।

जेठ २५ गते नै सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले उनको निवेदन दोहोर्‍याउन अनुमति नहुने आदेश दिएको बताइएको छ। माग बमोजिम दावी नपुग्ने भन्दै अदालतले जिल्ला र उच्चकै निर्णय सदर गरिदिएको हो।

खातुनले कर्मचारीको मिलेमतोमा एउटै दर्ता नम्बरमा दुई वटा सिफारिस निकालेर मोहीबाट प्राप्त हुने जग्गा एकलौटी बनाउन गाविस सचिवको दस्तखत समेत नक्कली बनाएकी थिइन्। त्यसपछि उनीविरुद्ध सरकारी छाप र दस्तखत किर्ते मुद्दा परेको थियो।

त्यसपछि खातुन र उनका श्रीमान् शेख सिलावर मियाँ २५ दिन प्रहरी हिरासतमा समेत बसेका थिए।

प्रदेश सभा सदस्य निर्वाचन ऐन अनुसार नैतिक पतन देखिने र फौजदारी कसूरमा सजाय पाएको व्यक्ति अयोग्य हुने प्रावधान छ। त्यसैले सर्वोच्चको फैसलासँगै खातुन स्वतः पदमुक्त भएकी हुन्।

खातुन एमालेबाट समानुपातिकमा प्रदेश सांसद भएकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कर्णाली प्रदेश : सात बुँदे सहमति कार्यान्वयन नभएको भन्दै  एमालेद्वारा संसद् अवरुद्ध  

एमालेले  आज बसेको १८ औँ बैठकमा सरकारसँग भएको सहमति विपरीतका योजनाहरू बजेटमा समेटिएको भन्दै बैठक अवरुद्ध गरेको हो। गत माघ १८ गते सभामुख राजबहादुर शाहीको अध्यक्षतामा....

न्युट्रासिटिकल फुड सप्लिमेन्ट्रीको अवैध धन्दा : भण्डारी र जोशीले ठूला सप्लायर्सकहाँ पठाउने गरेको खुलासा

औषधि जस्तै देखिने न्युट्रासिटिकल फुड सप्लिमेन्ट्रीमा रि-लेबलिङ गरी आफैं मूल्यसूची राखेर उनीहरुले सप्लायर्समार्फत फार्मेसीमा पठाउने र डाक्टरलाई अधिक कमिसन दिएर बिक्री गर्ने गरेका छन्। बुटवल, दीपनगरस्थित....

बागमती प्रदेशको प्रदेश सभा बैठक बस्दै

प्रदेश सभा बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श समितिको बैठक पनि मध्याह्न १२ बजे बस्दैछ। प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष एमालेको तर्फबाट सरकारले प्रस्तुत गरेको बजेटमाथि संशोधन....

उपचार पाए निको हुन्छन्, तर आर्थिक अभावले अपाङ्ग हुन बाध्य छन् कर्णालीका बालबालिका

लौरोकै भरमा विद्यालय गएर विभिन्न क्रियाकलापमा भाग लिने गर्छन् सन्तोष। सन्तोषलाई लौरोको सहाराबिनै हिँडडुल गर्न मन छ। तर पैसा नभएकाले उपचार हुन नसकेको पनि उनले....

गण्डकीलाई समृद्ध बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न तयार छौँ : मुख्यमन्त्री पोखरेल

पोखरामा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रले खबरदारीसँगै रचनात्मक सहयोग गरेको अवस्थामा समृद्धिको सपना पूरा गर्न सकिने बताए। उनले भने,‘गण्डकीलाई समृद्ध बनाउने हाम्रो....