नेपाल लाइफ इन्स्योरेन्सले  शिक्षण अस्पताललाई दियो सय ह्विलचियर

नेपाल लाइफ इन्स्योरेन्सले  शिक्षण अस्पताललाई दियो सय ह्विलचियर

काठमाडौँ :  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जलाई सोमबार एक सय वटा ह्विलचियर हस्तान्तरण गरेको छ।

इन्स्योरेन्सकातर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिलकुमार चौधरी र शिक्षण अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्रोफेसर डाक्टर दिनेश काफ्लेबिच सम्झौता पत्र आदानदानगरी ह्विलचियर हस्तान्तरण गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै इन्स्योरेन्सका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले बिरामीलाई प्रत्यक्ष लाभ हुने ह्विलचियर प्रदान गर्न पाउनु आफैँमा गर्वको विषय भएको बताए। उनले विगतदेखि नै कम्पनीले विभिन्न सामाजिक कार्य गर्दै आएको बताए।

कार्यक्रममा इन्स्योरेन्सका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपालकै सर्वाधिक विश्वासिलो जीवनबीमा कम्पनी भएको नाताले हाम्रो समाज प्रति पनि ठुलै दायित्व रहेको बताए।

उनले तत्काल सय वटा ह्विलचियर अस्पताललाई प्रदान गरिएको र यस्ता सामाजिक कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।

शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर काफ्लेले बिरामी अस्पताल आउँदादेखि नै ह्वीलचेयर आवश्यकता पर्ने र अस्पतालको आवश्यकताअनुसारको सामग्री छनोट गरेकोमा इन्स्योरेन्स परिवारलाई धन्यवाद दिएका थिए।

२३ जेठ, २०७९, १८:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।