कास्कीको मादीमा कांग्रेसका देवीजंग विजयी 

कास्कीको मादीमा कांग्रेसका देवीजंग विजयी 

पोखरा : कास्कीको मादी गाउँपालिकाको गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका देवीजंग गुरुङ विजयी भएका छन्। उनले ६ हजार पाँच सय ८४ मत पाएर विजयी भएका छन्। गुरुङका प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका शिबबहादुर (महेन्द्र) गुरुङले पाँच हजार  ७ सय ५० मत पाएका छन्। देवीजंगले महेन्द्रलाई ८३४ मतान्तरले पराजित गरेका छन्। 

उपाध्यक्षमा एमालेकी कल्पना गुरुङले पाँच हजार ८ सय २८ मत ल्याएर विजयी भएकी छन्। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका लालबहादुर गुरुङले पाँच हजार ६ सय १६ मत पाएका छन्। मादीमा कांग्रेसले ७, एमालेले ३ र माओवादीले २ वटा वडा जितेको छ। यस गाउँपालिकामा १८ हजार ७८२ मतदाता रहेकोमा १३ हजार ७६३ मत खसेको थियो।
 

३ जेठ, २०७९, २०:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।