अर्घाखाँचीको भुमिकास्थानमा एमालेलाई हराउँदै जनमोर्चा विजयी

अर्घाखाँचीको भुमिकास्थानमा एमालेलाई हराउँदै जनमोर्चा विजयी

बुटवल : अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाले जीत निकालेको छ। आज सम्पन्न भएको मतगणनामा एमालेका रेशम थापालाई हराउँदै जनमोर्चाका झविलाल थापा विजयी भए। उनले ८३२४ मत प्राप्त गरे। 

प्रतिस्पर्धी थापाले ७५२४ मत प्राप्त गरेका छन्। उपप्रमुखमा भने माओवादीका बालकृष्ण बञ्जाडे विजयी भएका छन्। बञ्जाडेले ७५५८ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी एमालेकी बसन्ता पौडेलले ६८६४ मत पाइन्।

३ जेठ, २०७९, १८:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।